दफा १७
सम्पत्ति रोक्का तथा लिलाम कित्री गर्ने
(१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम अन्त:शुल्क अधिकृतले कुनै व्यक्तिको सम्पत्ति जफत गर्नुपर्ने मनासिब माफिकको कारण पर्न आएमा त्यस्तो सम्पत्ति अन्य कुनै व्यक्तिलाई हक हस्तान्तरण वा स्वामित्व परिवर्तन हुन नसक्ने गरी रोक्का राख सक्नेछ ।
(२) यसरी रोक्का रहेको सम्पत्ति सङ्ने बिग्रने नष्ट हुने वा त्यसको मूल्य घट्ने देखिएमा अन्त:शुल्क अधिकृतले त्यस्तो वस्तु तुरुन्त लिलाम बिक्री गरी आएको रकमको आम्दानी बाँध्नु पर्नेछ । रोक्का रहेको सम्पत्ति पछि सम्बन्धित व्यक्तिले फिर्ता पाउने ठहरिएमा लिलाम बिक्रीबाट प्राप्त भएको रकम मात्र निजलाई फिर्ता दिइनेछ । सम्बन्धित व्यक्तिले वस्तु नै फिर्ता पाउँ भनी दाबी गर्न पाउने छैन ।
(३) जफत गरिएका वस्तुहरु परीक्षण गर्दा उपयोग गर्न मिल्ने देखिएमा लिलाम बिक्री गरी आएको रकम राजस्व दाखिला गर्नु पर्नेछ ।
तर परीक्षणबाट त्यस्ता वस्तुहरु उपयोग गर्न नमिल्ने भएमा विभागले तोके बमोजिम नष्ट गर्नु पर्नेछ ।